सरकारले दिएको सामाजिक सञ्जाल दर्ताको समयसीमा सकिँदा पनि कुनै दर्ता भएन

विराटनगर । सरकारद्वारा तोकिएको सामाजिक सञ्जाल दर्ताको समयसीमा बुधबार सकिएको छ। तर तोकिएको समयभित्र एक पनि सामाजिक सञ्जाल दर्ता नभएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार बुधबार कार्यालय समय सकिँदासम्म फेसबुकको मातृ कम्पनी मेटासहित कुनै पनि सामाजिक सञ्जाल दर्ता प्रक्रियामा आएका छैनन्।

“आजसम्मको समयसीमा थियो, तर अहिलेसम्म कुनै दर्ता भएन,” उनले भने।

अब दर्ता नभएका सामाजिक सञ्जालबारे सरकारले थप निर्णय गर्ने तयारी गर्ने प्रवक्ता ठाकुरले बताएका छन्।