 
विराटनगर । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) स्थानीय बजारमा सुनचाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन।
बुधबार प्रतितोला दुई लाख सात हजार ९०० कायम भएको सुनको मूल्य आज पनि यथावत छ। त्यस्तै, हिजो प्रतितोला दुई हजार ४८० मा कारोबार भएको चाँदीको मूल्य पनि अपरिवर्तित छ।
यता, अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार ५३२ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
 
                 
                 
           
           
           
           
          