
विराटनगर । कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम रानाको गाडीले ठक्कर दिएकी ११ वर्षीया बालिका अस्पतालबाट डिस्चार्ज भएकी छिन्।
शनिबार बिहान ललितपुरको हरिसिद्धि घुम्तीमा मन्त्री राना सवार गाडीले ती बालिकालाई ठक्कर दिएको थियो। तीव्र गतिमा आएको गाडीले बालिकालाई ठक्कर दिएपछि स्थानीयले विरोध जनाएका थिए।
दुर्घटनापछि गाडी चालक चन्द्रनारायण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। तर, पीडित पक्षबाट कुनै उजुरी नपरेको, बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको र मन्त्रीले २५ हजार रुपैयाँ क्षतिपूर्ति तिरेको आधारमा ललितपुर प्रहरीले उनलाई आइतबार छाडेको जनाएको छ।
बालिकाको ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा उपचार गरिएको थियो। उनलाई सामान्य चोटपटक लागेपछि डिस्चार्ज गरिएको हो।
सो घटनाले सामाजिक सञ्जालमा तीव्र आलोचना बटुलेपछि नेकपा एमालेले बालिकाको सम्पूर्ण उपचार खर्च व्यहोर्ने जनाएको थियो।