बर्दिवासमा १३ वर्षीय बालक चार दिनदेखि बेपत्ता

विराटनगर। महोत्तरीको बर्दिवास नगरपालिका–१२ का १३ वर्षीय गौतम पासवान चार दिनदेखि बेपत्ता भएका छन्।

जनता माध्यमिक विद्यालय डाँडाटोलमा कक्षा ६ मा अध्ययनरत गौतम गत बिहीबार बिहान घरबाट साइकल चढेर विद्यालय जान निस्किएका थिए। तर उनी विद्यालय पुगेनन् र अहिलेसम्म पनि घर फर्किएका छैनन्।

बालक बेपत्ता भएपछि परिवारजनले प्रहरी चौकी हात्तीलेटमा निवेदन दिएका छन्। बेपत्ता बालकका काका प्रमोद पासवानका अनुसार, खोजीका लागि परिवारले प्रहरीलाई जानकारी गराएपछि निरन्तर खोजतलास जारी छ।

इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश बमले बालकको खोजतलासमा प्रहरी टोली सक्रिय रहेको जनाएका छन्।

चार दिन बितिसक्दा पनि बालकको अवस्था पत्ता नलागेपछि परिवार चिन्तित बनेका छन्।