
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार भएको जेनजी प्रदर्शनमा ४ सय २२ जना घाइते भएका छन्। प्रदर्शनका क्रममा प्रहरीको बर्बर दमनबाट १८ प्रदर्शनकारीको काठमाडौँमा र २ प्रदर्शनकारीको इटहरीमा ज्यान गुमेको छ।
मन्त्रालयका अनुसार सरकारी र निजी गरी १ ४ अस्पतालमा ४२२ जना घाइतेहरूको उपचार भइरहेको छ। मन्त्रालयमा अनुसार सबै भन्दा बढी सिभिल अस्पतालमा १ सय ७० जना घाइतेहरूको उपचार भइरहेको छ। सिभिल अस्पतालमा ३ जनाको मृत्यु भएको छ।ट्रमा सेन्टरमा ५९ जनाको उपचार भइरहेको छ। ट्रमा सेन्टरमा ९ जनाको निधन भएको छ।
वीर अस्पतालमा १० जना घाइतेहरूको उपचार भइरहेको छ। एभरेष्ट अस्पतालमा १०३ जनाको उपचार भइरहेको छ। मन्त्रालयका अनुसार एभरेष्ट अस्पतालमा ३ जना घाइतेको मृत्यु भएको छ।
पाटन अस्पतालमा ६ जना घाइते छन्। काठमाडौँ मेडिकल कलेज (केएमसी)मा ३१ जनाको उपचार भइरहेको छ।
त्रिवि शिक्षण अस्पतालमा १८ जना घाइतेको उपचार हुँदै छ। नर्भिक अस्पतालमा ३ जना घाइते छन् भने अन्नपूर्ण न्यूरोमा ४ जनाको उपचार भइरहेको छ।
कास्कीमा गण्डकी मेडिकल कलेजमा १ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ जना घाइतेको उपचार भइरहेको छ। झापाको दमक अस्पतालमा ७ जना घाइतेको उपचार भइरहेको छ।
सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ र मोरङको विराट मेडिकल कलेजमा ४ जना घाइतेको उपचार भइरहेको छ।