विराटनगरमा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु, आक्रोशितले गरे सवारीमा आगजनी

विराटनगर  विराटनगर तीनपैनीमा ट्रिपरमा आगजनी गरिएको छ । जेनजी पुस्ताको आन्दोलनका कारण मुख्य राजमार्गमा सवारी आवागमन अवरोध भएपछि डाइभर्सन गरिएको ट्रिपरले ठक्कर दिदाँ एकजनाको मृत्यु भएपछि आक्रोशित समूहले आगजनी गरिदिएका हुन् । प्रदेश १–०२–००२–४५१४ नम्बरको ट्रिपरले को २७ प ८५३४ स्कुटरलाई ठक्कर दिदाँ सवार कटहरी–जमटोकीका सुदिष्ट कुमार झाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । आगजनी भएको ट्रिपरको आगो नियन्त्रणका लागि दमकल पुगेको छ । प्रहरीले घटना भएको क्षेत्रमा सर्वसाधारणको आवातजावत रोकेको छ