जेनजी आन्दोलनका मरेकाहरूको सम्झनामा दीप प्रज्वलन

विराटनगर । कैलालीको धनगढीस्थित पार्कमोडमा जेनजी आन्दोलनका सहिदहरूलाई सम्झेर दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ ।

सोमबार साँझ नाष्ट कलेज धनगढीका विद्यार्थीहरू सहित स्थानीय युवाहरूको उपस्थिति रहेको कार्यक्रममा, दीप बालेर सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

कार्यक्रममा जेनजी आन्दोलनका सहिद सुवास बोहराकी आमा र उनका भाइ समेत सहभागी भएका थिए । सहभागीहरूले उनीहरूलाई समवेदना र सहानुभूति प्रकट गरेका थिए ।

कार्यक्रम सहिदहरूको योगदानप्रति सम्मान व्यक्त गर्न र जनचेतना फैलाउन गरिएको हो ।