जेनजीको प्रदर्शनमा मृत्यु वरण गरेका प्रहरीका परिवारलाई दश लाख दिइने

विराटनगर । गत सोमबार र मंगलबार जेनजीले गरेको प्रदर्शनमा मृत्यु भएका प्रहरीका परिवारलाई दश लाख रुपैयाँ दिइने भएको छ ।

प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरी  प्रति परिवार उक्त रकम प्रदान गरिने प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

सोमबार जारी गरेको सूचनामा भनिएको छ, “यही भदौ २३ र २४ गते आन्दोलनका क्रममा कर्तव्यपालनाको सिलसिलामा मृत्युवरण गरेका अमर प्रहरीका परिवारजनलाई प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरी प्रतिपरिवार जनही रु १० लाख उपलब्ध गराउने निर्णय भएको ब्यहोरा अनुरोध छ ।”