घाइतेहरूको अवस्था बुझ्न मन्त्रीहरु नेपाल प्रहरी अस्पतालमा ।

विराटनगर  ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङ र गृहमन्त्री तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरी अस्पतालमा उपचाररत आन्दोलनका घाइतेहरूलाई भेटेका छन्।

उनीहरूले घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन्।उक्त अस्पतालमा हाल १६ जना प्रहरी र एक जना सर्वसाधारण घाइतेको उपचार भइरहेको छ।

मन्त्रीहरूले उनीहरूको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरूसँग पनि आवश्यक परामर्श गरेका छन्।