 
यस घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश बुढाथोकीका अनुसार, प्रारम्भिक अनुसन्धानबाट रेस्मिकालाई सहकारीको काम सकेर घर फर्किने क्रममा सोमबार साँझ ५–६ जनाको समूहले बाटोमा नियन्त्रणमा लिएर सामूहिक बलात्कार गरी हत्या गरेको पत्ता लागेको छ।
पक्राउ परेका व्यक्ति दीपक सार्की हुन्, जो रेस्मिकाका छिमेकी पनि हुन्। दीपकले बयानका क्रममा अन्य अभियुक्तहरूको नामसमेत बताएका छन्।
प्रहरीले बाँकी अभियुक्तहरूको खोजीका लागि थप टोली परिचालन गरेको छ।
रेस्मिकाको शवको मुचुल्का उठाएर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा पोस्टमार्टम गरिएको थियो र त्यसपछि बुधबार इटहरीको बुढी खोलामा दाहसंस्कार गरिएको छ।
 
                 
                 
           
           
           
          