जेनजी युवाको प्रदर्शनको क्रममा सिंहदरबार र सर्वोच्च अदालत जस्ता संरचना जल्दा पनि दमकल काठमाडौं महानगरपालिकाले नपठाएको भन्ने आरोपको खण्डन गरेको छ ।

काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले आज बिहान पत्रकार सम्मेलन गरी सुरक्षाका कारण सबै ठाउँमा दमकल पुग्न नसकेको बताए तर महानगरपालिकाको प्रयासमा विभिन्न ठाउँमा दमकलमा पानी भर्न सयौं ट्यांकर समेत पठाइएको उनले जिकीर गरे

हामीले अनुरोध गरेर, सयौं पानी ट्यांकरहरु सहयोगको रुपमा लिएर आएर, तत् ठाउँमा दमकलसँग पानी सकिएको अवस्थामा त्यहीँ पानी फिलिङ पनि गरेका थियौं,’ पाण्डेले भने, ‘त्यसमा हामी चुकेका छैनौं महानगरले दमकल पठाएन भन्ने गलत कुरा हो

दमकल आफैं पनि सुरक्षित हुनुपर्ने भएकाले बाटो क्लियर होस् भन्ने हिसाबले पर्खिएको उनले बताए त्यसको लागि नेपाली सेनासँग पटकपटक समन्वय गरेको महानगर प्रहरी प्रमुख पाण्डेले बताए