जेनजी आन्दाेलनकाे इफेक्ट :  काठमाडौंका प्रहरी प्रमुख फेरिए

काठमाडाैं । एसएसपी रमेश थापाले काठमाडौंस्थित जिल्ला प्रहरी परिसर, भद्रकालीको जिम्मेवारी पाएका छन् ।

त्यहाँका प्रमुख विश्व अधिकारी हटाइएको प्रहरीस्रोतले जनाएको छ ।

जेनजी आन्दोलनमा फितलो सुरक्षा व्यवस्था गरेका कारण अधिकारी हटाइएका हुन् । यसअघि ९० डीएसपी सरुवा हुँदा उपत्यकास्थित नगर प्रहरी प्रमुख डीएसपी मन्जील मुकारुङ कार्यभार सम्हालेको पाँच महिनामै हटाइएका थिए ।

आन्दोलनका क्रममा हातमा चोट लागेका मुकारुङ आफैंले सरुवा मागेको स्रोतले जनाएको छ । काठमाडौं प्रहरी प्रमुखमा सरुवा भएका एसएसपी थापा केन्द्रीय प्रहरीको सहप्रवक्ताको जिम्मेवारीमा थिए ।