झापामा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु

विराटनगर। झापाको अर्जुनधारा नगरपालिका–११ मा पौडी खेल्ने क्रममा एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा काठमाडौं घर भई हाल सोही स्थानमा बस्दै आएका ४० वर्षीय केशब पाठक रहेका छन्।

इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार जेठ ३१ गते साँझ साढे ८ बजे माता मन्दिरस्थित स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर उनी घाइते भएका थिए। तत्कालै उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल पुर्‍याइएकोमा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए।

हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।