बिराटनगर – अर्थ मन्त्रालयले कर्मचारीहरूबाट काममा अनावश्यक ढिलासुस्ती भएमा गुनासो गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
‘अर्थ मन्त्रालयअन्तर्गतका नियामक निकाय, विभाग, कार्यालय र बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने सेवामा कर्मचारीले गर्नुपर्ने कार्य नगरेको, नगर्नुपर्ने कार्य गरेको वा अनुचित कार्यको लागि दबाब दिएको एवं घुस तथा रिसवत माग गरेकोलगायतका कुनै पनि प्रकारको अनावश्यक ढिलासुस्ती वा सेवा प्रवाहमा कठिनाइ सिर्जना भएको अवस्थामा’ गुनासो गर्न मन्त्रालयले आग्रह गरेको छ।
मन्त्रालयले गुनासो सुन्नका लागि इमेल र टोलफ्री नम्बरसमेत सार्वजनिक गरेको छ। कुनै गुनासो भएमा [email protected] र [email protected] मा इमेल गर्न अथवा हटलाइन (टोलफ्री) १८१०५०००४१० मा सम्पर्क गर्न भनिएको छ।