बालेन र  प्रधानमन्त्री कार्की बीच  भेटवार्ता

बिराटनगर– काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन्।

बुधबार बिहान करिब ९ बजेतिर आधा घण्टा कार्की र बालेनबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो।

भेटकाक्रममा खासगरी जेन-जी आन्दोलनको मर्मअनुसार अगाडि बढ्न बालेनले प्रधानमन्त्री कार्कीलाई आग्रह गरेको र सोहीअनुसार आफूले काम गरिरहेका पनि कार्कीले बताएकी थिइन्।

भेटकाक्रममा बालेनका सचिवालयका केही व्यक्ति पनि सहभागी थिए। साथै प्रधानमन्त्री कार्कीका श्रीमान्‌समेत दुर्गा सुवेदी पनि छलफलमा सहभागी रहेको स्रोतले जानकारी दिएको

छ।