
विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले आयोजना गरेको सातदिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । महासंघ मोरङले कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा विराटनगरमा सञ्चालन गरेको आधारभुत पत्रकारिता तालिम आईतबार सम्पन्न भएको हो ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमालले सिकेको सिपलाई व्यवहारमा उतार्दै राम्रो काम गर्न शुभकामना दिनुभयो । मेहेनत र लगनशील भएर लागे पत्रकारिताबाटै सहज जिवनयापन गर्न सकिने भन्दै उहाँले पेशाप्रति इमान्दार भएर लाग्न प्रशिक्षार्थीहश्रलाई सुझावसमेत दिनुभयो । तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख प्रशिक्षक यज्ञ शर्मा, नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठक, उपाध्यक्ष सन्तोष सिग्देल, प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मीनकुमार नवोदित, मोरङ अध्यक्ष वेदराज पौडेललगायतले पत्रकारितामा आउँदै गरेका सबैलाई उज्वल भविष्यको शुभकामना दिनुभयो ।
तालिममा आमसञ्चार, समाचार लेखन, समाचारको प्रकार र स्रोत, फोटो पत्रकारिता, संसदीय पत्रकारिता,अनलाइन सञ्चारमाध्यम र पत्रकारितामा एआईको प्रयोग, पत्रकार आचारसंहिता लगायतको विषयमा विषयगत प्रशिक्षकबाट प्रशिक्षण दिईएको महासंघ मोरङका सचिव नेत्र पी. अधिकारीले जानकारी दिनुभयो । तालिमा मोरङ, सुनसरी, झापा, सिरहा, सप्तरी र जाजरकोटका ४० जनाले सहभागिता जनाएका थिए । तालिम समापन कार्यक्रममा सहभागिहरुलाई प्रमाण्पत्र प्रदान गरिएको थियो ।