विराटनगर,८ असोज ।

धार्मिक अभियन्ता कौशल निरौलाको नेतृत्वमा विराटनगरमा धार्मिक वनस्पति तथा वृक्षारोपण अभियान सुरु गरिएको छ । बुधबार विराटनगरस्थित हस्पिटल मोडमा रहेको गणेश मन्दिरमा धुपी,तुलसी रोपिएको छ । अभियानमा सहभागी निरौलाले कोशी प्रदेशका धार्मिक स्थलमा धर्म संग संम्वन्धित रहेका वनस्पति तथा वृक्षहरु रक्तचन्दन,अमला,धुपी,जाई,आक,चम्पा,चमेली,करवीर,कुस लगायतका बोटविरुवा लगाउने अभियान थाल्ने बताए ।
धार्मिक तथा सांस्कृतिक संरक्षण आवश्यकताको विषय भएकाले युवाहरु एकत्रित भएको अभियन्ताहरुको भनाइ छ । उनीहरुले विराटनगर लगायत विभिन्न धार्मिक मठ,मन्दिर,देवालय,प्राकृतिक ,मौलिक धर्म, संस्कृति, सभ्यताका क्षेत्रमा सहकार्यमुलक सेवा गर्ने जनाएका छन् ।
यो कुनै राजनैतिक दल भन्दा बाहिर रहेर स्वतन्त्ररुपमा काम गर्ने उनिहरुको भनाइ छ । कार्यक्रममा धार्मिक अभियन्ताहरु विकास कार्की,सुरज नेपाल,स्वस्तिका पोखरेल,सोनुकुमार दास लगायतको सहभागिता रहेको थियो । उनले सामाजिक सन्जाल फेसवुकमा पनि लेखेका छन्,”धार्मिक मठ,मन्दिर,देवालय,प्राकृतिक ,मौलिक धर्म, संस्कृति, सभ्यता संरक्षणमा हामी जुट्दै छौ । विराटनगर स्थित गणेश मन्दिरमा धार्मिक बनस्पति रोपेर सुभारम्भ भएको यो कार्यक्रम लिएर तपाईंहरू माझ आउदै छौ ।”