१० असोज, काठमाडौं । पाकिस्तान एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा बंगलादेशलाई हराउँदै पाकिस्तानले भारतसँगको फाइनल भिडन्त पक्का गरेको हो ।
गएराति भएको सुपर फोरको खेलमा पाकिस्तानले दिएको १३६ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा ९ विकेट गुमाएर १२४ रन मात्र बनाउन सक्यो ।
शमिम होसेनले सर्वाधिक ३० रन बनाए । सेफ हसनले १८ तथा नुरुल हसन सोहन र रिशाद होसेनले समान १६ रन बनाए । मेहदी हसनले ११, तनजिम हसन साकिबले १० रन बनाए ।
पाकिस्तानका शाहिन अफ्रिदीले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिए । हारिस राउफले ३३ रन दिएर ३ विकेट लिए । सायम अयुबले २ तथा मोहमम्द नवाजले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १३५ रन बनाएको थियो । मुहम्मद हारिसले सर्वाधिक ३१ रन बनाए । मोहम्मद नवाजले २५ रन बनाए ।
सलमान आघा र शाहीनले समान १९ रन बनाए । फहीम अशरफले अविजित १४ रन बनाए भने फखार जमानले १३ रन बनाए ।
बंगलादेशका तास्किन अहमदले ३ विकेट लिँदा मेहदी हसन र रिशाद होसेनले २-२ तथा मुस्तफिजुर रहमानले १ विकेट लिए ।
प्रतियोगितामा भारत र पाकिस्तान तेस्रो पटक भिड्ने छन् । यसअघि भएका दुवै खेलमा भारतले बाजी मारेको थियो ।
तेस्रो भेटमा पाकिस्तानलाई उपाधि जित्नेसँगै बदला लिने समेत अवसर हुनेछ ।

Pakistan’s Fakhar Zaman (C) leaves after being dismissed during the Asia Cup Twenty20 international cricket Group A match between India and Pakistan at the Dubai International Cricket Stadium in Dubai on August 28, 2022. (Photo by KARIM SAHIB / AFP)