बिराटनगर- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री सुशीला कार्कीले जेनजीको मर्मअनुसार काम गर्न नसकेको भन्दै उनको राजीनामा मागेका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा शनिबार एक स्टाटस लेख्दै प्रधानमन्त्री कार्कीले जेनजीको मर्मअनुसार काम गर्न नसकेकाले राजीनामा दिनुपर्ने बताएका हुन्।
नले आफूले प्रधानमन्त्री चलाउने दाबी पनि गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्- ‘सुशीला जी…तपाईंले जेन्जीको मर्म अनुसारको काम गर्नु सक्नु भएन ! राजिनामा दिनुस् ! म गर्छु उनीहरुको माग पूरा एक-एक गरेर !’
साम्पाङले जेनजीको आन्दोलनलगत्तै आफूलाई प्रधानमन्त्री बनाउन माग गर्दै प्रधानसेनापति अशोकराज सिग्देललगायतसँग भेटेका थिए।