१२ असोज, काठमाडौं । यूएईमा जारी एसिया कप क्रिकेटको उपाधि भिडन्त आज हुँदैछ । एसिया कप क्रिकेटको ४१ वर्ष लामो इतिहासमा पहिलोपटक भारत र पाकिस्तान फाइनलमा भिड्दैछन् ।
फाइनल खेल दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बेलुकी सवा ८ बजेदेखि फाइनल खेल सुरु हुनेछ । यस खेललाई क्रिकेट विश्वकै सबैभन्दा प्रतिक्षित प्रतिस्पर्धा मानिएको छ।यसअघि समूह चरण र सुपर फोरमा गरी दुई पटक आमनेसामने हुँदा दुवैपटक भारतले पाकिस्तानलाई पराजित गरेको छ । यद्यपी यसपटक फाइनल भिडन्त हुने भएकाले वातावरण निकै चर्किएको छ।
यस संस्करणमा भारत अपराजित रहँदै फाइनल पुगेको हो। समूह चरण र सुपर फोरमा पाकिस्तानलाई सजिलै हराएको भारतलाई अब उपाधि बचाउन निकै आत्मविश्वास छ।
ओपनर अभिषेक शर्माले ३०९ रनसहित प्रतियोगिताको ब्याटिङ चार्टमा शीर्षस्थानमा छन् भने बलिङमा पनि भारतकै कुलदीप यादव १३ विकेटसहित शीर्षमा छन्। जसप्रीत बुम्राहले पनि पावरप्लेमा निरन्तर नियन्त्रण गर्दै आएका छन्।