नेकपा (एमाले) ले वर्तमान सरकारले प्रहरीको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको ठहर गरेको छ।
आइतबार अध्यक्ष केपी शर्म ओलीको निवास भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।
हालै गृह मन्त्रालयले भदौ २४ को विध्वंशकारी घटनामा सङ्लग्न दोषीहरुलाई पनि जाँचबुझ आयोगको क्षेत्राधिकार भित्र पर्ने भन्दै कुनै कार्बाही अगाडि नबढाउनु भनेर नेपाल प्रहरीलाई गरेको निर्देशनले प्रहरीको कानुनसम्मत क्षेत्राधिकार माथि गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए।
यी हुन् एमाले बैठकका निर्णयहरू
प्रेस वक्तव्य
१) भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ ले आज असोज १२ गते पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतको राहदानी रोक्काका लागि सिफारिस गरेको समाचारप्रति हाम्रो गंभीर ध्यानाकर्षण भएको छ । यस अघि नै गृह मन्त्रालय मार्फत् मिडिया ट्रायल गरेर अनि दशैँको मौका पारेर गरिएको यस राजनीतिक प्रतिशोधयुक्त कदमप्रति 