भुुटानी शरणार्थी काण्डमा आरजुसँगै भुषणको पनि संलग्नता हरेको भन्दै सिआइवीले प्रमाणका निम्ती भुषणको घरमा खोजतलास गरेको हो। तर उनी भने देश बाहिर रहेको बताइएको छ।

काठमाडौँ। निवर्तमान परराष्ट्रमन्त्री आरजु राणाका भाइ भूषण राणालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले निगरानीमा राखेको छ । उनको घर आसपासमा निगरानी गर्न प्रहरी परिचालन गरिएको ब्यूरोका एकजना अधिकृतले रातोपाटीलाई बताए । उनी कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका सालो हुन् । १ महिनादेखी युरोपमा रहेका राणाको घरमा स्रोत नखुलेको रकम हुनसक्ने आशंकामा सीआईबीले उनको निवासमा निगरानी बढाएको हो ।

ठुला ठेक्का र नियुक्तिमा भूषणले डिल गर्ने गरेको भनेर यसअघि आलोचना हुने गरेको थियो । भूषणबारे सीआईबीले अनुसन्धान सुरु गरेर प्रमाण सङ्कलन गर्न थालेको छ । सीआइबीका एकजना उच्च अधिकृत भन्छन्, ‘प्रमाण भेटिएमा उनलाई पक्राउ गरेर अनुसन्धान गर्ने अवस्था आउँछ