नेपालले जित्यो मलेसिया विरूद्धको महिला टी-२० सिरिज

विराटनगर । अन्तिम खेलमा मलेसियालाई पराजित गर्दै नेपाली महिला टोलीले टी-२० अन्तर्राष्ट्रिय शृंखला जितेको छ। ‍

पाँच खेलको सिरिज अन्तर्गत बुधबार बिहान भएको अन्तिम खेलमा मलेसियालाई ५ विकेटले हराउँदै नेपालले ३-२ ले सिरिज आफ्नो पक्षमा पारेको हो।

अन्तिम खेलमा नेपालले १०४ रनको लक्ष्य ६ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालका लागि रुबी पोद्दारले २६ रन, पूजा महतोले २३ रन र रुबिना क्षेत्रीले १५ रन बनाए।

त्यसअघि मलेसियाका लागि विनिफ्रेडले ४० रन बनाउँदा बलिङतर्फ नेपालका राजमति ऐरी र कविता कुँवरले ३-३ विकेट लिए।

शृंखलाको चौथो खेलमा मंगलबार नेपाल ६ विकेटले विजयी भएको थियो।

नेपाल पहिलो खेलमा तीन रनले पराजित हुँदा दोस्रो खेलमा पनि ६ विकेटले हराएको थियो।

तेस्रो खेलमा भने नेपाल १३ रनले पराजित भएको थियो।