विराटनगर । पोखरा महानगरपालिका-१६ स्थिति लिची बगैंचाको १३५ रोपनी जग्गा हडप्न घुस लेनदेन भएको अडिओ संवाद तीन महिनाअघि सार्वजनिक भएको थियो।
उक्त प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरूद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
मुद्दा दायर भएका अन्य पाँच जनामा मालपोत कार्यालय कास्की पोखराका तत्कालीन प्रमुख रामचन्द्र अधिकारी, खमबहादुर पुन र बिचौलियाहरू सुजन लामा, यमकुमारी गुरूङ र तुल्सीराम बुढामगर छन्।