विराटनगरमा असोज २३: विराटनगरमा असोज ३१ गते शुक्रबार विराटनगर म्युजिक फेस्टिबल आयोजना हुने भएको छ। लाइभ इन्टरटेन्टमेन्टको आयोजनामा जैन भवनको प्राङ्गणमा हुने कार्यक्रममा प्रख्यात ब्याण्ड स्वर र गायक पूर्ण राई का प्रस्तुति रहने छन्।
संयोजक सन्तोष महत (स्यान्ट्रो) का अनुसार दीपावलीको अवसरमा जेन्जी पुस्तालाई मनोरञ्जन दिन यो कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम सम्पन्न गर्न २० लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान छ।
५ हजार दर्शक अट्ने जैन भवनमा भिआइपी टिकट १ हजार र साधारण टिकट ३ सय रुपैयाँ तोकिएको छ। कार्यक्रममा कोशी प्रदेशको चर्चित स्मृति ब्याण्ड ले पनि प्रस्तुति दिनेछ, जसलाई २५ वर्षे यात्राको अवसरमा सम्मान गरिनेछ।