नेकपा  एमाले सचिवालय बैठक  आज ११ बजे बज्दै

बिराटनगर -२६ असोज,  । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । शनिबार स्थगित भएको बैठक आज बिहान ११ बजे बस्न लागेको हो ।

रुघाखोकीका कारण पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि शनिबार बैठक स्थगित भएको थियो

केन्द्रीय कमिटीको एजेन्डा तय गर्न ओलीको निवास गुन्डुमा शुक्रबारदेखि सचिवालय बैठक सुरु भएको हो ।

बैठकको पहिलो दिन ९ जना पदाधिकारीले आफ्नो धारणा राखेका थिए । त्यसमध्ये ६ जनाले ओलीलाई नेतृत्व छोड्न आग्रह गरेका छन् ।

अहिलेकै नेतृत्वमा एमाले अगाडि बढ्न नसक्ने उनीहरुको तर्क छ । बाँकी पदाधिकारीले आजको बैठकमा कुरा राखेपछि केन्द्रीय कमिटीको एजेन्डाबारे निर्णय हुनेछ ।