जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्रयादवले प्रतिनिधि सभाको निर्वाचन अहिले सम्भव नरहेको बताउनुभएको छ ।

विराटनगरमा २६ असोज

विराटनगरमा जनता समाजवादी पार्टी, नेपाल कोशी प्रदेशको एकत्ताको प्रथम अधिवेशनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । अहिलेको सरकारले राजनीतिक दलहरुसंग सहकार्य नगरेर निर्वाचनको घोषणा गर्नु र दलिय प्रणालीलाई बाहीर राखेर निर्वाचन गर्नखोजनु भनेको सरकारको अटेरीपन रहेको उहाँले आरोप लगाउनुभयो ।देशमा अहिलेको सरकारका कारण निर्वाचन सम्भव नरहेको अध्यक्ष यादवले आरोप लगाउनुभयो ।
नेताहरुको खैरो खनेर देशमा चुनाव गराउँछु भन्ने सरकारले पहिला दलगतीय प्रणालीलाई समेटन उहाँले सुझाव समेत दिनुभयो । उहाँले संसदयिको स्वरुप फेरिनुपर्छ, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालिमा जानुपर्छ, तर अहिले राजनीतिक अस्र्थिरताले यो कुनै सम्भव हुन नसकिने उहाँले टिप्णी गर्नुभयो ।
देशमा स्थिर सरकार भएपछि मात्र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालि सम्भव हुन्छ, र राष्ट्रपतिले विज्ञहरु राखेर संविधान निर्माण गर्नुपर्छ, अनि मात्र देशमा शान्ति, सुशासन कायम हुन सक्छ, अध्यक्ष यादवले बताउनुभयो । अधिवेशनले नयाँ नेतृत्व भोली चैन गर्ने जनता समाजवादी पार्टी, नेपाल कोशी प्रदेशका अध्यक्ष दिपक याखाले जानकारी दिनुभयो ।