विराटनगर २७ असोज
झापा प्रहरीले तिहार र छठ पर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा ल्याइएका करिब चार लाख रुपैयाँ बराबरका पटका र झिलिमिली बल्ब बरामद गरेको छ। भद्रपुर नगरपालिका–५ राईबस्ती नजिक गोप्य सूचनाको आधारमा खटिएको प्रहरीले चार बोरा पटका बरामद गरेको हो। प्रहरीलाई देखेपछि व्यापारीहरू सामान छोडेर फरार भएका छन्। बरामद सामग्री वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको प्रहरीले जनाएको छ