टि -20 विश्वकप छनोटका लागि नेपाल आज कतारसँग भिड्दै

विराटनगर  २७ असोज

ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत नेपाल आज कतारसँग प्रतिस्पर्धा गर्दैछ। खेल अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा बेलुका ८:४५ बजे सुरु हुनेछ। सुपर सिक्सको पहिलो खेलमा नेपालले यूएईलाई १ रनले हराउँदै विजयी सुरुवात गरेको थियो। अपराजित यात्रा कायम राख्ने लक्ष्यसहित नेपाल मैदान उत्रिँदैछ भने पहिलो खेलमा ओमानसँग पराजित कतारलाई जितको खोजी छ। टी–२०आई क्रिकेटमा नेपाल र कतारबीच अहिलेसम्म तीन पटक भेट भएकोमा नेपालले दुई र कतारले एक खेल जितेका छन्।