जेनजी युवाहरूले आज माइतीघरमा विपिनको सम्झनामा दीप प्रज्वलन गर्ने भएका छ ।

२९ असोज, बिराटनगर जेनजी युवाहरूले इजरायलमा हमासको अपहरणमा परेर ज्यान गुमाएका विपिन जोशीको सम्झनामा दीप प्रज्वलन गर्ने भएका छन्

जेनजी अगुवा रक्षा बमले जोशीको सम्झनामा बुधबार अपरान्ह :३० बजे काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन गर्न लागेको जानकारी दिएकी हुन्

सामाजिक सञ्जालमा पोस्ट गर्दै बमले जोशीलाई विद्रोही समूह हमासले बन्धक बनाइसकेपछि पनि रिहा गरेर फिर्ता ल्याउन तत्कालीन राज्यसत्ताले उचित कूटनीतिक पहल नचालेको पाइएको आरोप समेत लगाएकी छन्

भविष्य बनाउन हिँडेको एउटा उज्यालो कहिल्यै नफर्किनेगरी अस्ताएको , हार्दिक श्रद्धाञ्जली विपिन तिमीलाई हामी सँधै सम्झिरहनेछौं, वी आर सरी, वी कुड नट ब्रिङ यू ब्याक होम, बमले लेखेकी छन्

 उनले दीप प्रज्वलनमा सहभागी हुन आह्वान समेत गरेकी छन्