मोरङ जिल्लाको जहदा गाउँपालिका–५ केवरत टोलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार ६० वर्षीय सतन महतो बुधबार बिहान आफ्नै घरनजिकको पोखरीमा डुबेको अवस्थामा मृत फेला परेका हुन्।
मोरङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार प्रारम्भिक अनुसन्धानबाट महतोको मृत्यु डुबेर भएको अनुमान गरिएको छ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर हेमराज ओलीको नेतृत्वमा पुगेको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी