विराटनगर /विराटनगर वन कार्यालयका कर्मचारीहरूले सरकारी गाडी निजी प्रयोजनमा प्रयोग गरेको खुलासा भएको छ। शुक्रबार साँझ कार्यालय समयपछि उक्त गाडी भारतीय बजार जोगबनीमा किनमेलका लागि गएको पुष्टि भएको छ। करिब साँझ ५ बजेदेखि ८:३० बजेसम्म गाडी जोगबनीमा रहँदा कर्मचारीहरूले सामान खरिद गरी विराटनगर फर्किएका थिए।
सरकारी नियमअनुसार कार्यालय समयबाहेक र निजी प्रयोजनमा सरकारी सवारी प्रयोग गर्न निषेध भए पनि सो नियमको खुलेआम उल्लंघन गरिएको हो। स्थानीयवासीले पनि यस्ता अनियमितता बारम्बार हुने गरेको गुनासो गरेका छन्।
