
विराटनगर। टिपरको ठक्करले स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ। विराटनगर महानगरपालिका–३ पञ्चेश्वर मन्दिर अगाडि बुधबार अपराह्न टिपरले ठक्कर दिंदा मोेरङकोे सुन्दरहरैँचाका ४८ वर्षीय सुशील बजगाईंको मृत्यु भएको हो।

प्रहरीका अनुसार को१क९५३ नम्बरको टिपरले प्र१-०२-०४८ प ३७८१ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालका अनुसार ठक्करबाट स्कुटर पछाडि बसेका सुन्दरहरैँचा नगरपालिका-१२ का बजगाईं घाइते भएका थिए।
उपचारका लागि बूढीगंगास्थित विराट शिक्षण अस्पताल पुर्याउनसाथ चिकित्सकले उनको मृत्यु भइसकेको जानकारी दिएका थिए। मृतकका छोरा स्कुटर चालक २० वर्षीय प्रितम बजगाईं भने सकुशल छन्।
टिपर चालक मोरङको कानेपोखरी गाउँपालिका-३ का ३३ वर्षीय कूलदीप चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।