प्रधानमन्त्री कार्कीको भनाई भ्रष्टाचार गरेको भेटिए मेरै स्वर्गीय बुवालाई पनि खोरमा थुन्न तयार छु:

१३ कार्तिक बिराटनगरअन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा आयोजित त्रिपक्षीय संवादको समापनमा भावुक तथा दृढ अभिव्यक्ति दिएकी छिन्।

सरकार, राजनीतिक दल जेनजीयुवा प्रतिनिधिहरू सम्मिलित संवादमा उनले आफू रहरले प्रधानमन्त्री नबनेको स्पष्ट पार्दै परिवर्तनका लागि बलिदानी दिने युवाहरूको आवाज सम्बोधन गर्न भ्रष्टाचार निर्मूल पार्न कठोरताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्।

उनले सुरुमा राजनीतिक नेतासँग डिल गर्न नसक्ने भन्दै जिम्मेवारीबाट पछि हटेको तर, राष्ट्रपतिज्यूको आग्रह जेनजी युवाहरूकोअभिभावकत्व लिइदिनभन्ने रुन्चे आग्रहले गर्दा आएको बताइन्।मैले ती निर्दोष बालबालिका निधारमा गोली लागेर ढलेको सम्झिएँ। ती घाइतेहरूको अनुहार हेरेँ,” उनले भनिन्।

प्रधानमन्त्री कार्कीले सहिद परिवार घाइतेलाई अलपत्र नपार्ने बोलेको पुर्याउने प्रतिबद्धता जनाइन्।