शनिबार मध्यराति सामाजिक सञ्जालमार्फत एउटा स्टाटस लेखेका थिए, जसमा प्रयोग गरिएका शब्दले बालेन विवादमा तानिएका हुन् ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह फेरि एकपटक विवादमा तानिएका छन् शनिबार मध्यराति सामाजिक सञ्जालमार्फत एउटा स्टाटस लेखेका थिए, जसमा प्रयोग गरिएका शब्दले बालेन विवादमा तानिएका हुन्

उक्त स्टाटसमा उनले दुई छिमेकी मुलुक चीन भारतसँगै अमेरिका नेपालका प्रमुख राजनीतिक दलहरूको नामसमेत उल्लेख गरेका थिए पोस्ट सार्वजनिक भएको केही मिनेटमै त्यसले सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया आलोचना निम्त्यायो

लगभग आधा घण्टापछि बालेनले उक्त स्टाटस हटाएका थिए तर त्यसअघि नै उनको अभिव्यक्ति भाइरल भइसकेको थियो जसको स्क्रिसट धेरै जना प्रयोगकर्ताले लिइसकेका छन् जुन यतिबेला सञ्जालभरी छन्

यतिबेला सञ्जालभरी एक खालको बहस सुरु भएको अधिकांशले बालेनको विरोध गरेको देखिन्छ भने कतिले मजाकको रुपमा लिएको पनि देखिन्छ छिमेकी मुलुकहरूमाथि यसरी प्रहार गर्नु कुनैपनि मुलुकको लागि राम्रो नहुने अधिकांशको भनाइ