१९ लाख बराबरको बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त रवीन कार्की पक्राउ

विराटनगर । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले १९ लाख रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका–४ घर भएका ३६ वर्षीय रवीन कार्की रहेका छन्।

प्रहरीका अनुसार कार्कीविरुद्ध भक्तपुरमा १९ लाख रुपैयाँ बराबरको बैंकिङ कसुरसम्बन्धी मुद्दा दायर गरिएको थियो। साथै, काठमाडौंको बौद्धस्थित प्रहरी वृत्तमा समेत उनलाई बैंकिङ कसुरसम्बन्धी अर्को मुद्दामा प्रतिवादी बनाइएको छ।

फरार रहेका कार्कीलाई विशेष निगरानीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको जनाएको छ।

अहिले उनलाई थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउने तयारी भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ।