। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले किरात धर्मका महान् गुरु, समाज सुधारक तथा सत्य, अहिंसा र नारी सम्मानका प्रवर्तक महागुरु फाल्गुनन्द लिङदेनको जन्मजयन्तीको अवसरमा श्रद्धाञ्जली अर्पण गर्दै शुभकामना व्यक्त गरेका छन्।मुख्यमन्त्री कार्कीले महागुरु फाल्गुनन्दले सत्य, अहिंसा, परोपकार र नैतिक जीवनशैलीमार्फत नेपाली समाजलाई सहिष्णुता, एकता र सद्भावतर्फ अघि बढ्न मार्गदर्शन गरेको उल्लेख गरेका छन्। उनका अनुसार बाल्यकालदेखि नै समाज सुधार र मानव कल्याणमा समर्पित महागुरुको योगदानले किरात धर्म, संस्कृति र मौलिक परम्पराको संरक्षणमा ऐतिहासिक भूमिका निर्वाह गरेको छ।
मुख्यमन्त्री कार्कीले महागुरु फाल्गुनन्दको शिक्षाबाट प्रेरणा लिँदै सबैमा धार्मिक सहिष्णुता, आपसी सद्भाव र सामाजिक एकताको भावना बलियो बनाउन आग्रह गरेका छन्।