काठमाण्डाै । मधेश प्रदेश प्रमुखले बोलाउनुभएको सर्वदलीय बैठक सात दलीय गठबन्धनले बहिष्कार गरेको छ ।
प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले दिउँसो ३ बजेसर्वदलीय बैठक आह्वान गर्नुभएको थियो । तर सर्वदलीय बैठकमा मुख्यमन्त्री सरोजकुमार यादव नेकपा एमाले संसदीय दलको नेताको हैसियतले सहभागी हुने भएका कारण अरू दलले बैठक बहिष्कार गरेका हुन् ।
असंवैधानिक रूपमा नियुक्त भई होटेलमा शपथ खाएका वर्तमान मुख्यमन्त्री बैठकमा सहभागी हुने भएकाले आफूहरू बैठकमा नजाने सात दलीय गठबन्धनको भनाइ छ ।
त्यसअघि आजै उपसभामुख बबिताकुमारी राउत ईशरले मधेश भवनको प्राङ्गणमै प्रदेशसभा सञ्चालन गर्नुभएको थियो । पूर्वमुख्यमन्त्रीसमेत रहेका जसपा संसदीय दलका नेता सरोजकुमार यादवले खुला ठाउँमै प्रदेशसभा बैठक आह्वान गरेपछि उपसभामुख राउतले प्राङ्गणमै बैठक चलाउनुभएको हो ।
सात राजनीतिक दलले पदीय आचरण विपिरीत कार्य गरेको भन्दै सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । आफूविरुद्ध अविश्वासको प्रस्ताव आएपछि सभामुख मण्डलले पाँच जना सांसदलाई पदमुक्त गर्नुभएको थियो ।
यसैबीच सात राजनीतिक दलले आफ्ना कार्यकर्तामार्फत जनकपुरमा प्रदर्शन गरेका छन् ।