विराटनगर ।
अन्तर्राष्ट्रिय विद्यार्थी दिवसको अवसरमा विराटनगरस्थित अर्किड कलेजले ‘अर्किड म्याराथन’ प्रतियोगिता आयोजना गरेको छ । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुदू भन्ने मूल नाराका साथ आयोजित उक्त प्रतियोगितामा विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका छन् ।कलेजका प्रिन्सिपल मनिष भट्टराईका अनुसार ६ किलोमिटर दूरीको यो म्याराथनमा कक्षा ११ र १२ मा अध्ययनरत छात्रछात्राहरू २ सय बढी विद्यार्थीहरुको सहभागी भएका थिए । विद्यार्थीहरूलाई पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि संलग्न गराउने उद्देश्यले दिवसको अवसर पारेर कार्यक्रम आयोजना गरिएको कलेजका निर्देशक दिपेश बास्तोलाले बताए ।म्याराथनको छात्रतर्फको प्रतिस्पर्धामा मुकेश नुनिया प्रथम, प्रज्जवल कार्की द्वितीय, सौरभकुमार सरदार तृतीय र रविकुमार राँयले चौथो स्थान हासिल गरेका छन् । त्यसैगरी, छात्रातर्फ शर्मिला मुक्ताङ प्रथम, निरिता राजवंशी द्वितीय, कृतिका ऋषिदेव तृतीय र जेनिशा डंगोल चौथो भएकी छिन् ।प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने छात्रछात्रालाई क्रमशः नगद ३ हजार, २ हजार र १ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमले विद्यार्थीहरूमा खेलकुदप्रतिको लगाव बढाउनुका साथै स्वस्थ जीवनशैलीका लागि प्रेरणा प्रदान गरेको कलेजले जनाएको छ ।