बङ्गलादेशमा ५‍.५ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा ६ जनाको ज्यान गयाे

बङ्गलादेश । बङ्गलादेशमा आज बिहान ५ दशमलव ५ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा ६ जनाको ज्यान गएको छ । स्थानीय समयानुसार बिहान साढे १० बजेतिर राजधानी ढाकाबाट झन्डै २५ किलोमिटर टाढा रहेको नरसिङ्गडी जिल्लाको घोरसाल क्षेत्रमा भूकम्प गएको समाचार संस्था एपीले जनाएको छ ।

ढाकामा विभिन्न भवनका छाना तथा पर्खाल खस्दा तीन जना र भवनको रेलिङ खस्दा ती संरचनामुनि परेर अन्य तीन जनाको ज्यान गएको खबरमा उल्लेख छ । ढाकाका धेरै भवनहरू भूकम्पको कम्पनले हल्लिएपछि त्रसित बासिन्दाहरू घरबाट बाहिर निस्केर सडकतर्फ दौडिएका थिए ।

भूकम्पपछि आवश्यक कार्य र क्षति मूल्याङ्कन चलिरहेको छ । सरकारले नागरिकलाई सतर्क रहन र सम्भावित परकम्पनबारे सचेत रहन अपील गरेको छ ।