विराटनगर । बालकहरूलाई यौन दुराचार गरेको आरोपमा विराटनगरमा एक व्यक्तिलाई प्रहरीले पक्राउ परेको छ । ती व्यक्तिले यौन दुराचार गरेका पीडित धेरै बालक भएको बताइएको छ ।
प्रहरी स्रोतका अनुसार एकान्तमा बालक फेला पारी यौन दुराचार गर्दै आएको सूचनाका आधारमा पक्राउ गरिएका ती ब्यक्तिबिरूद्ध जाहेरी नपरेकाले प्रहरीले घटना सार्वजनिक गरेको छैन ।
‘बालकहरूलाई यौन शोषण गरेको आरोपमा पक्राउ गरिएको हो, उनी बिरूद्ध कुनै उजुरी आएको छैन’ मोरङ प्रहरी स्रोतले भन्यो ‘हामी पीडितहरू खोज्दैछौं ।’
बालकलाई यौन शोषण गर्ने एक प्रकारको रोग जस्तै भएको र ती व्यक्तिले धेरैलाई पीडित बनाएको बताइएको छ ।