
विराटनगर। इलाका प्रहरी कार्यालय दमकले लागू औषध कारोबारमा संलग्न रहेको अभियोगमा ४ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा खटिएको टोलीले दमक नगरपालिका–५ स्थित भाडाको कोठाबाट उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा गौरादह नगरपालिका–४ का २४ वर्षीय अनुभव दर्नाल, दमक–१ का २६ वर्षीय सुरज कुमाल, दमक–६ का २९ वर्षीय सुमन दर्जी र दमक–७ का ३४ वर्षीय विर बहादुर पौडेल रहेका छन्। उनीहरू बस्दै आएको कोठाबाट प्रहरीले प्रतिबन्धित लागू औषध Tramadol ८०० क्याप्सुल, Aanargan-35 नामक ८०० चक्की, ५५० मिलिग्राम खैरो हिरोइन र नगद १० हजार ५ सय रुपैयाँ समेत बरामद गरेको छ।
लागू औषध कारोबारमा संलग्न रहेको आशंकामा पक्राउ परेका सबै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।