एनपीएलमा आज लुम्बिनी–काठमाडौं भिडन्त, दुवै टिम दोस्रो जितको खोजीमा

९ मंसिर विराटनगर नेपाल प्रिमियर लिग (एनपीएल)मा आज लुम्बिनी लायन्स र काठमाडौं गोर्खाज एक–अर्कासँग भिड्दै छन्। समान २–२ अंकसहित तालिकाको तल्लो समूहमा रहेका दुवै टिमका लागि यो खेल ‘करो–या–मरो’ बन्ने अपेक्षा गरिएको छ।
लुम्बिनीले तीनमध्ये एउटा मात्र खेल जितेको छ—पहिलो खेलमा चितवन राइनोजलाई पराजित गरे पनि दोस्रो खेलमा कर्णाली याक्ससँग ठूलो हार बेहोरेको थियो।उता काठमाडौंले चार खेलमध्ये केवल उद्घाटन खेलमा जनकपुर बोल्ट्सलाई हराएको थियो। त्यसपछि उसले सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग लगातार हार व्यहोर्दै आएको छ।
कीर्तिपुरस्थित TU क्रिकेट मैदानमा हुने खेल आज अपराह्न ४ बजे सुरु हुनेछ। हालसम्म १० खेल सकिएको प्रतियोगितामा आजको नतिजाले अंक तालिकामा ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ।