
विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकका परिवारलाई तीन लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ।

पार्टीको तेस्रो स्थापना दिवसका अवसरमा शनिबार माइतीघर मण्डलामा आयोजित विशेष कार्यक्रममा रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्यालले उक्त सहयोग राशिको घोषणा गरेका हुन्।
गत चैत १५ गते राजधानीको तीनकुनेमा राजावादी आन्दोलनको दृश्य खिच्न गएका एभिन्युज टेलिभिजनका क्यामेरापर्सन सुरेश रजकको आगलागीमा परेर ज्यान गएको थियो।
पार्टीका अनुसार उक्त सहयोग रकम मृतक पत्रकार रजकको परिवारलाई छिट्टै हस्तान्तरण गरिनेछ।