विराटनगर | विराटनगरस्थित शिक्षादीप कलेजले कक्षा ११ र १२ मा प्रथम त्रैमासिक परीक्षामा ८० प्रतिशतभन्दा बढी अंक ल्याउने १३७ विद्यार्थीलाई एक विशेष समारोहका बीच सम्मान गरेको छ। कक्षा ११ का ७७ र कक्षा १२ का ६० विद्यार्थीलाई सम्मान पत्र प्रदान गरिएको कलेजले जनाएको छ।
कक्षागत रूपमा उत्कृष्ट १० भित्र पर्न सफल विद्यार्थीलाई नगदसहित पुरस्कृत गरिएको छ। कक्षा ११ बाट सुवोध साह, सुशान्त खत्री, एलिस सापकोटा, कुसुम कुमारी राजवंशी, सविर अहमद हक, प्रिती देव, आयुष शर्मा, अन्जली दास, प्रिन्स कुमार गुप्ता र आर्यन झा टप टेन मा परे।
कक्षा १२ तर्फ शकिल अहमद हक, शिरिन भट्टराई, समिर डोटेल, प्रगति अधिकारी, अदिति कुमारी रोनियार, सुभम यादव, समा अन्जुम, निहारिका ढकाल, खुस्बु ढकाल र जय नारायण साह उत्कृष्ट १० भित्र परेका छन्।
शैक्षिक उपलब्धिसँगै अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पनि सम्मान गरिएको छ। विश्व विज्ञान दिवसका अवसरमा आयोजित निबन्ध प्रतियोगितामा विजयी शिरिन भट्टराई, एलिसा सापकोटा, मनिष मनहोर र प्रतिक भट्टराईलाई पुरस्कार प्रदान गरियो। हिज्जे प्रतियोगिताका शीर्ष विद्यार्थीहरूलाई पनि सम्मान गरिएको कलेजले जनाएको छ।
कार्यक्रमको विशेष आकर्षण ‘स्वर्गीय देवीप्रसाद दाहाल स्मृति कोष’बाट कक्षा १२ का सरगम लोहारलाई प्रदान गरिएको २५ हजार रुपैयाँको सम्मान रहे।
समारोहमा कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले विद्यार्थीहरूको मेहनत, अनुशासन र निरन्तर अभ्यासले मात्र सफलता सम्भव हुने बताउँदै उत्कृष्टतामा निरन्तरता दिन आग्रह गरे।