| एनपिएल दोस्रो संस्करणअन्तर्गत जनकपुर बोल्ट्सका खेलाडीहरूले बिहीबारको खेलमा आमाको नाम अंकित विशेष जर्सी लगाएर खेल्ने भएका छन्। आमाप्रति सम्मान प्रकट गर्ने उद्देश्यले आफ्नो नामको सट्टा आमाको नाम राखिएको जर्सी प्रयोग गर्न लागिएको टिमले जनाएको छ।
खेलपछि ती जर्सीहरू अक्सनमार्फत बिक्री गरिने र संकलित रकम ‘आमा समूह’लाई प्रदान गरिने जानकारी बुधबार आयोजित पत्रकार सम्मेलनमा दिइयो।
जनकपुर बोल्ट्सले यस किसिमको सामाजिक पहल हरेक वर्ष निरन्तर गर्ने प्रतिबद्धता जनाएको छ।