संसद् पुनर्स्थापना माग गर्दै एमालेले सर्वोच्चमा दायर गरेको रिटमा मङ्सिर १७ गतेको पेशी

काठमाण्डाै । नेकपा (एमाले) ले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गरी सर्वोच्च अदालतमा पेश गरेको रिटको पेशी यही मङ्सिर १७ गतेका लागि तोकिएको छ ।

एमालेका नेताहरू महेश बर्तौला र सुनीता बरालले पेश गरेको रिटलाई आज दर्ता गरेर सर्वोच्च अदालतले मङ्सिर १७ गतेको पेशी तोकेको हो । सर्वोच्च अदालतमा यसअघि नै प्रतिनिधिसभा पुनर्स्थापनाको मागदाबी लिएर १६ वटा रिट दर्ता भई प्रारम्भिक सुनुवाइ समेत अघि बढिसकेको छ ।

एमालेले प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै असंवैधानिक रहेको भन्दै उहाँले गरेका सबै काम–कारबाही, निर्णय तथा नियुक्तिहरू समेत बदर गर्न माग गरेको छ ।