
विराटनगर। झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टा बसपार्क क्षेत्रबाट हतियारसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत पश्चिम बंगाल, सिलिगुढी निवासी ३५ वर्षीय जय प्रकाश कुमार पाठक रहेका छन्।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले डब्लुबी ७० जि ३२३२ नम्बरको कार जाँच गर्ने क्रममा कारको सिटमुनी लुकाइ छिपाइ राखिएको म्यागजिन सहितको १ थान एयर पेस्तोल, ५ राउण्ड एयर वुलेट र २ थान खुकुरी फेला पारेको हो।
पक्राउ परेका पाठकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।