
विराटनगर । मलेसियामा आजदेखि सुरु भएको एसिसी पुरुष यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले सिंगापुरविरुद्धको खेलमा टस गुमाएको छ।

मलेसियाको युकेएम ओभलमा सम्पन्न टसमा सिंगापुरले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। यससँगै नेपालले प्रतियोगिताको पहिलो खेलमा पहिला बलिङ गर्ने भएको छ।
एसियाली क्रिकेट परिषद् (एसीसी) को वार्षिक खेल तालिकाअनुसार आयोजना गरिएको यस प्रतियोगितामा नेपालसहित १० टोलीको सहभागिता रहेको छ। नेपाल समूह ‘ए’ मा परेको छ। सो समूहमा नेपालसँगै सिंगापुर, इण्डोनेसिया, भुटान र जापान रहेका छन्।
त्यस्तै समूह ‘बी’ मा आयोजक मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार रहेका छन्। प्रतियोगिताको विजेता टोलीले एसिसी यू–१६ प्रतियोगिताको आगामी चरणमा स्थान बनाउनेछ।
नेपालको युवा टोलीले उत्कृष्ट प्रदर्शन गर्ने आशा गरिएको छ। नेपाली क्रिकेट समर्थकको दृष्टि अब सिंगापुरविरुद्धको खेलमा टोलीको प्रदर्शनतर्फ रहेको छ।