जनता समाजवादी पार्टी नेपाल (जसपा) मोरङद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ।

बिराटनगर

जनता समाजवादी पार्टी नेपाल (जसपा) मोरङले आफ्नो २८ बुँदे मागसहित आइतबार जिल्ला प्रशासन कार्यालय मोरङमा तीन घण्टासम्म धर्ना दिया । दलित र महिलाका लागि अलग निर्वाचन क्षेत्र, स्थानीय तहलाई प्रदेश मातहत राख्ने व्यवस्था खारेज, जनसंख्याका आधारमा प्रतिनिधित्व, प्रत्यक्ष निर्वाचित राष्ट्रपति तथा पूर्ण समानुपातिक निर्वाचन प्रणाली लगायतका मुद्दा प्रमुख रूपमा उठाइएको थियो ।गत आन्दोलनका क्रममा गठन गरिएको न्यायिक छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने तथा २८ बुँदे माग सम्बोधनका लागि संविधान संशोधन गर्नुपर्ने जसपाको जोड छ । अध्यक्ष राजकुमार यादवको अध्यक्षतामा आयोजित धर्नामा केन्द्रीय उपमहासचिव रेखा यादवलगायत पार्टीका विभिन्न तहका नेताहरू तथा कार्यकर्ताहरुको सहभागिता थियो ।जसपाले मंसिर १० गते प्रधानमन्त्री सुशिला कार्कीलाई ज्ञापन बुझाएर चरणबद्ध आन्दोलनको घोषणा गरिसकेको छ भने पुस १२ गते विराटनगरमा कोशी प्रदेशस्तरीय विशाल विरोधसभाको तयारी भइरहेको छ ।